ट्वीटरले सुरु गर्यो एलन मस्कविरूद्ध कानूनी लडाई

विश्व प्रसिद्ध सामाजिक सञ्जाल कम्पनी ट्वीटरले एलन मस्कविरूद्ध कानूनी लडाई सुरु गरेको छ।ट्वीटरले डेलावेयर अदालतलाई सम्झौता बमोजिम ४४ अर्ब डलरको मर्जर पूरा गर्न माग गर्दै मस्कविरूद्ध मुद्दा दायर गरेको हो।

एलन मस्कले ट्वीटरले नक्कली र स्प्याम खाताहरूको संख्या बारे जानकारी नदिएको भन्दै अलग्गिने घोषणा गरेपछि उनीविरुद्ध मुद्दा दायर भएको हो। मस्क फोब्र्सको संसारको सबैभन्दा धनी व्यक्तिहरूको सूचीमा २५ औं स्थानमा सूचीकृत भएका थिए र २०१९ को ‘मस्ट इनोभेटिब लिडर’मा पहिलो स्थान मा परेका थिए। उनलाई ५४ दशमलव २० डलरको हिसाबले प्रतिशेयर सम्झौता पूरा गर्न आदेश दिन माग गरिएको छ।

व्यक्तिगत स्वार्थ पूरा गर्न नसकेका कारण मस्कले सम्झौताबाट पछि हटेको भन्दै सम्झौताको नियम उल्लघंन गरेको आरोप लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार