जंगली च्याउ खाँदा पाँच जना बिरामी

रुकुम पश्चिममा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् । बाफीकोट गाँउपालिका ७ मग्मा नदुवा बस्ने वर्ष ३६ का आशिराम खत्रीले घर नजिकै रहेको जंगलबाट च्याउ ल्याई खाँदा उनीसहित परिवारका पाँच जना बिरामी परेका हुन् ।

उनीहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । प्रहरीका अनुसार आशिराम खत्री र उनकी छोरी बेहोस अबस्थामा छन् भने अरु सामान्य बोल्न सक्ने अबस्थामा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार