चार दिने नेपाल भ्रमण सकेर लिउ स्वदेश फिर्ता हुँदै

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ चिन्चाओले चार दिने नेपाल भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कंदै छन्।

गत आइतबार काठमाडौं आइपुगेकाका लिउ नेतृत्वको प्रतिनिधिमण्डल आज राति स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणको अन्तिम दिन आज उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन्। त्यसपछि उनले आज नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेसँग भेट गरेका हुन्।

भ्रमणका क्रममा लिउले चार जना कम्युनिस्ट पूर्वप्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गरेका थिए। त्यसअघि लिउले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेट गरेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार