राप्रपासँग एकता हुनसक्छ : कमल थापा

राजसंस्थाको एजेन्डामा पुनर्विचार गरे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग एकता हुनसक्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् ।

प्रदेशस्तरीय पार्टी कार्यकर्ता प्रशिक्षणका लागि गोरखा आएका थापाले बुधबार पत्रकारसँग कुराकानी गर्दै देशको धरातलीय यथार्थ, जनताको भावना र १६ वर्षको राजनीतिक अभ्यासबाट पाठ सिकेर राप्रपा नेपालले राजसंस्थालाई कार्यनीतिक एजेन्डा नबनाएको बताए ।

‘राजनीतिमा असंभव भन्ने हुँदैन, राजसंस्थाको एजेन्डामा पुनर्विचार गर्नुभयो भने एकताको संभावना जहिले पनि खुल्ला रहन्छ,’ उनले भने ।

१५ वर्षसम्म राजतन्त्रको एजेन्डामा हरसंभव प्रयास गर्दा अन्य मान्यता ओझेलमा परेको उनले बताए । ‘हामीले परिकल्पना गरेको राजसंस्था २०६३ सालअघि जस्तो हुँदैन थियो, अबको राजसंस्था भनेको माओवादीलाई समेत चिक्तबुझ्दो, सहमति र सम्झौताको राजसंस्था अभिभावक, सेरोमोनियल, संवैधानिक जे भन्नुस् त्यस किसिमको राजसंस्था हुन्छ भनेर परिकल्पना गरेका हौं,’ उनले भने, ‘तर त्यो मान्यतामा स्वयं राजा वा राजसंस्था वा राजाको सचिवालयबाट पटकरपटक आघात पुर्‍याउने काम भयो, हामीले परिकल्पना गरेको राजसंस्था आउनै नसक्ने भयो, आखिर राजा बनाउन त पृथ्वीनारायण शाहको वंशज खोज्नुपर्‍यो, नाम किन लिनुपर्छ राजा बन्ने पात्र एक पछि दुई, दुई पछि तीन हेर्दै जानुस्, मैले परिकल्पना गरेको राजसंस्था आउन सक्छ त रु तपाईंहरु जस्तो युवालाई भ्रममा पारेर हिँड्नु बेइमान हुन्छ, सत्यको बाटोमा हिँडेका छौं, यो अध्याय चाँडै सकिन्छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार