सत्ता गठबन्धनले पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाउने

सत्ता गठबन्धनले नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई प्रतिनिधि सभाको उपसभामुखको उम्मेदवार बनाउने भएको छ। । सत्ता गठबन्धन दलहरुबीच काँग्रेसले उपसभामुख पाउने सहमति भएको र पार्टीले भुसाललाई उम्मेदवार बनाउने भएको हो । यसअघि पनि काँग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो भने उनी तत्कालीन नेकपाकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन् ।

०७४  चैतमा भएको चुनावमा भुसाललाई तुम्बाहाङ्फेले हराएकी थिइन्।   २०७६ फागुनमा तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद खाली छ।

३१ असारमा उपसभामुख चयन हुने गरी निर्वाचन हुदैँछ । उपसभामुखका लागि ३० असारमा उपसभामुख निर्वाचित गरियोस भन्ने प्रस्तावको सुचना दर्ता हुने, सोही दिन अपरान्ह १ बजे उपसभामुखका लागि उम्मेदवारी दर्ताका लागि आब्हान गर्ने र ३१ असारमा बस्ने बैठकवाट उपसभामुख चयन गर्ने तालिका तय भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार