वैदेशिक रोजगारको म्यादी बीमामा पुल प्रणाली खारेज

बीमा समितिले म्यादी बीमामा पुल प्रणाली खारेज गर्न सबै जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले बुधबार सबै जीवन बीमा कम्पनीरुलाई सर्कुलर जारी गर्दै साउन १ गतेदेखि लागु हुनेगरी पुल प्रणाली खारेज गर्न निर्देशन दिएको हो ।

समितिले २०७५ माघ १ गते देखि पुल प्रणाली मार्फत वैदेशिक रोजगार म्यादी जीवन बीमालेख बिक्री गर्दै आइरहेको थियो ।पुल प्रणाली खारेज भएपछि हाल जारी रहेको बीमालेखहरुको अवधी सकिएपछि दायित्व समेत समाप्त हुनेछ ।

यस्तै समितिले अनलाईन मार्फत मात्रै म्यादी बीमालेख जारी गर्न पनि निर्देशन दिएको छ । अनलाइनबाट बीमालेख जारी गर्दा भुक्तानी सेवा प्रदायकलाई उपलब्ध गराउने सेवा शुल्क बापतको रकम अन्य बीमालेख अनलाइन मार्फत जारी गर्दा लाग्ने शुल्क भन्दा बढी नहुने गरी तोक्न समितिले निर्देशन दिएकाे छ । अब वैदेशिक रोजगारी जाने श्रमिकको म्यादी बीमा पुल प्रणालीमार्फत् नहुने भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार