श्रीलंकामा संकटकाल घोषणा

श्रीलंकामा राजनीतिक अस्थिरता र अराजकताकाबीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संकटकाल घोषणा गरेका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ताले सो जानकारी दिएका हुन् ।

प्रवक्ताका अनुसार पश्चिमी प्रान्तमा पनि कर्फ्यू लगाइएको छ । यसैबीच राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर माल्दिभ्स गएका छन् । उनले साउन १३ गते राजीनामा दिने घोषणा गरेका थिए ।

प्रधानमन्त्री विक्रमासिङ्घेले पनि सर्वदलीय सरकारको वकालत गर्दै आफू राजीनामा दिन तयार रहेको बताएका छन् । यी सबैको बीचमा राजधानी कोलम्बोमा प्रदर्शनकारीहरू उभिएका छन् । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास समेत प्रहार गर्नुपरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार