रिलायन्स लाइफ र सानिमा लाइफ बराबरी हैसियतमा मर्जरमा जाने

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्योरेन्स कम्पनीबीच मर्जर सम्झौतामा आज विहान हस्ताक्षर सम्पन्न भएको छ । आज विहान काठमाडौंको होटल मेरियटमा आयोजित कार्यक्रमका बीचमा दुवै कम्पनीको अध्यक्षहरुले एमओयु पत्रमा हस्ताक्षर गरेका हुन् ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक भरत कुमार तोदी र सानिमा लाइफ इन्स्योरे कम्पनीका तर्फबाट सञ्चालक धनश्याम थापाले स्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा रिलायन्स लाइफका अध्यक्ष ताराचन्द्र केडिया, सञ्चालक जगदिश अग्रवाल, सानिमा लाइफका सञ्चालक डा. सुवर्ण दास श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । दुवै कम्पनीका सञ्चालक समितिले आजै विहान गरेको निर्णय अनुसार दुवै अध्यक्षले हस्ताक्षर गरेका हुन् ।

दुई कम्पनी मर्जर भएमा कूल चुक्ता पुँजी ४ अर्ब १० करोड पुग्नेछ । हाल सानिमा लाइफको दुई अर्ब र रिलायन्स लाइफको दुई अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी छ ।

सानिमा लाइफको जीवन बीमा कोषमा ३ अर्ब १३ करोड १० लाख रुपैयाँ संचिती रहेको छ भने रिलायन्स लाइफमा तीन अर्ब ६७ करोड ११ लाख रुपैयाँ संचिती रहेको छ । कूल बीमा कोषको आकार छ अर्ब ८० करोड माथि पुग्नेछ । जीवन बीमा कम्पनीहरुको लागि पुँजी भन्दा जीवन बीमा कोष महत्वपूर्ण हुन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार