सरकारले आज नयाँ नागरिकता विधेयक संसद्‍मा पेश गर्ने

सरकारले नयाँ नागरिकता विधेयक आज संसदमा पेश गर्ने भएको छ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची छ। चार वर्षदेखि संसदमा विचाराधीन रहेको विधेयक फिर्ता लिएर सरकारले हालै नयाँ विधेयक संसदमा दर्ता गरिसकेको छ।

यसैगरी आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्व विद्यालय विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची संसद सचिवालयले जनाएको छ ।

त्यस्तै, राष्ट्रिय सभाको सन्देशसहितको ‘नेपाल रेल्वे विधेयक, २०७९’ संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने, ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार