नेपाल टी–२० लिगलाई आईसीसीद्वारा मान्यता प्रदान

विश्व क्रिकेटको नियामक निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आयोजना गर्न लागेको नेपाल टी–२० लिगलाई आधिकारिक मान्यता दिएको छ । प्रशान्त विक्रम शाहले एक विज्ञप्ति जारी गर्दै नेपालटी–२० देशकै पहिलो र एक्लो आधिकारिक टी२० क्रिकेट लिएको जानकारी दिएका हुन् ।

विज्ञप्तिमा सो प्रतियोगिताको पहिलो संस्करण आगामी २४ सेप्टेम्बरदेखि २२ अक्टोबरमा काठमाडौँमा हुने पनि जानकारी दिइएको छ । ुनेपालटी२०ु लाई क्यानले आफ्नो स्वप्न परियोजनाको संज्ञा दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार