कांग्रेस बैठक : गठबन्धनलाई निरन्तरता दिनुपर्ने केन्द्रीय सदस्यहरुको सुझाव

नेपाली कांग्रेसका अधिकांस केन्द्रीय सदस्यहरुले गठबन्धनलाई आगामी निर्वाचनमा पनि निरन्तरता दिनु पर्ने बताएका छन् । सोमबारदेखि सुरू भएको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने धेरैजसो सदस्यहरुले स्थानीय तह निर्वाचनमा समग्रमा गठबन्धनले राम्रो गरेकोले अब संघ र प्रदेशको निर्वाचनमा पनि त्यसलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका हुन् ।

केन्द्रीय सदस्यहरुको धारणा उद्धृत गर्दै प्रवक्ता प्रकाशशरण महतले भने ‘अधिकांश सदस्यहरुले गठबन्धनका कारण स्थानीय तह निर्वाचनमा यो परिणाम आएको छ । यद्यपि विभिन्न ठाउँमा प्लस र माइनस छ । तर समग्रमा गठबन्धनले राम्रो गरेको छ । आउने निर्वाचनमा पनि निरन्तरता दिनुपर्छ । र, अहिलेका कमीकमजोरी र कहाँ(कहाँ समस्याहरु रहे भन्नेबाट सिकेर त्यसको आधारमा गठबन्धनका लागि मध्यनजर राख्नुपर्छ । स्थानीय तह निर्वाचनमा कुन दलको कति मत आयो त्यसलाई महत्वपूर्ण आधार मान्नुपर्ने कुराहरु साथीहरुले राख्नुभएको छ ।’

बैठकमा पार्टीको समग्र संरचनाहरुलाई पूर्णता दिएर चलायमान बनाउने विषय पनि उठेको उनल् बताए । पार्टीको निश्चित फोरमबाहिर नगर्न नेताहरुलाई सचेत गराइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार