जसपाको पुनर्गठन अनिवार्य छ : बाबुराम भट्टराई

काठमाडौं । जसपा नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाको वैधानिक बहुमत आफूहरुसँग रहे वा नरहे पनि पार्टीको पुनर्गठन अनिवार्य आवश्यकता भएको बताएका छन् । मंगलबार जडीबुटीमा आयोजित पार्टीको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले बैठकले निकालेका निष्कर्षको आधारमा पुनर्गठित पार्टीको घोषणापत्र, विधान, नियमावली र आचारसंहिता निर्माण गर्ने जनाएका छन् ।

‘पार्टीको कानुनी वैधता निरुपण गर्ने आफ्नै प्रक्रिया छ । त्यो काम निर्वाचन आयोग गर्दै गर्ला,’ उनले प्रतिवेदनमा भनेका छन्, ‘पार्टीको आधिकारिक वैधता हामीसँग रहेको वा नरहेको– दुवै अवस्थामा वैचारिक, सैद्धान्तिक, राजनीतिक वैधता भने हामीसँग हुनेछ ।’

समुन्नत संघीय समाजवादको सिद्धान्तमा आधारित प्रगतिशील, लोकतान्त्रिक तथा समावेशी चरित्रको वैकल्पिक राष्ट्रिय राजनीतिक दल निर्माण गर्नु, यसको संगठनात्मक शक्ति र आन्दोलनमार्फत् जनताको पहिचान, अधिकार, समावेशीता, सुशासन, आर्थिक विकास, समृद्धि र समाजवादको अपेक्षा पूरा गर्नु जसपाको मूल ध्येय रहेको र त्यो ध्येयबाट आफूहरु किञ्चित विमुख नभएको उनले प्रस्ट पारेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार