सुनसरीमा १६ वर्षीय किशोरको छुरा प्रहार गरी हत्या

सुनसरीको रामधुनी नगरपालिका ६ सुवानामा १६ वर्षीय किशोरको हत्या भएको छ। मंगलबार बिहान सवा ७ बजे घरैमा सुतिरहेका चन्द्र सदाका १६ वर्षीय छोरा विवेक सदाको छुरा प्रहार गरि हत्या भएको हो।

उनको पेटमा छुरा प्रहार भएको थियो। गम्भीर घाइते भएका सदालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा बिहान ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न आरोपमा १७ वर्षीय किशोर पक्राउ परेका छन्। छुरा प्रहार गरी घाइते बनाएर भागेका उनलाई छुरासहित इलाका प्रहरी कार्यालय पकलीको टोटीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार