कोरोना अपडेट : थप ९ हजार २ सय ४७ जनामा संक्रमण, २१४ जनाको मृत्यु

५ हजार ७६७ संक्रमित निको

नेपालमा सोमबार थप ९ हजार २ सय ४७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २१ हजार ६५३ पीसीआर र ४३४ वटा एन्टिजेन विधिबाट परिक्षण गर्दा ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २१४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ५ हजार २ सय १५ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप ५ हजार ७६७ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म तीन लाख ४५ हजार ५२३ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ लाख १३ हजार ४८० सक्रिय संक्रमित रहेका छन् भने ७०८ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २७ लाख ९२ हजार ४८१६७३ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार