श्रीमती र भाउजूलाई खुकुरी प्रहार

मोरङको कानेपोखरी गाउँपालिका–६ का एक पुरुषले श्रीमती र भाउजूलाई आइतबार राति खुकुरी प्रहार गरी घाइते बनाएका छन्। आइतबार राति साढे ९ बजेतिर ३८ वर्षीय आकाश लिम्बूले श्रीमती ३२ वर्षीया रोजिना लिम्बू र भाउजू ३७ वर्षीया मनमाया लिम्बूलाई खुकुरी प्रहार गरेको मोरङ प्रहरीले जनाएको छ। मोरङ प्रहरीका डिएसपी राजन कार्कीका अनुसार घाइते दुवै जनाको हात, खुट्टा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरुको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घरयासी विवादका हुँदा आकाशले श्रीमतीलाई पहिला खुकुरी प्रहार गरेपछि भाउजूलाईसमेत प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुले पनि विवादको मुख्य कारण खुल्न नसकेको डिएसपी कार्कीले बताए। श्रीमती रोजिनालाई खुकुरी प्रहार हुन थालेपछि छुट्याउन आएकी भाउजू मनमायालाई समेत आकाशले खुकुरीले प्रहार गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय पथरीमा आकासलाई राखेर घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार