दक्षिण कोरियामा १२, ६९३ नयाँ कोभिड सङ्क्रमित

दक्षिण कोरियामा विगत २४ घण्टामा १२,६९३ कोभिड-१९ बाट सङ्क्रमित फेला परेका छन् । योसँगै कुल सङ्क्रमितको सङ्ख्या १८,५२४,५३८ पुगेको स्वास्थ्य अधिकारीहरूले सोमबार बताएका छन् । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा ४ ले बढेर ७१ पुगेको छ ।
थप १८ जनाको मृत्यु भएको पुष्टि भएको छ जसबाट कुल मृत्यु हुनेको सङ्ख्या २४,६६१ पुगेको छ। सङ्क्रमितको कुल मृत्यु दर भने ०.१३ प्रतिशत रहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार