मन्त्री भुसाल र लिउले गरे ‘स्माइलिङ चिल्ड्रेन’ परियोजना शुरुआत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओले संयुक्तरुपमा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजनाको शुरुआत गरेका छन् । काठमाडौंको शान्ति निकुञ्ज माध्यमिक विद्यालयका विद्यार्थीलाई खाना खुवाएर उनीहरूले सो परियोजनाको शुरुआत गरेका हुन् ।

सो अवसरमा मन्त्री भुसालले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै नेपाल विकास समृद्धिको बाटोमा अगाडि बढेको बताइन् । उनले नेपालको समृद्धि यात्रामा गति प्रदान गर्न छिमेकी चीनको प्राविधिक अनुभव र आर्थिक सहयोग आवश्यक पर्ने उल्लेख गरिन् ।

उनले भनिन्, ुसंविधानमा उल्लेख भएका मौलिक हक कार्यान्वनका लागि आर्थिक विकास अपरिहार्य छ । त्यसका लागि हामीलाई चीन सहयोग आवश्यक छ ।ु

मन्त्री भुसालले नेपालको औद्योगिकीकरण एवं आर्थिक विकासमा चीनको सहयोग रहने विश्वास व्यक्त गरिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार