भक्तपुरमा नक्कली नोटसहित एक युवक पक्राउ

भक्तपुरमा नक्कली नोटसहित एक युवक पक्राउ परेका छन्। सूर्यविनायक नगरपालिका–८ सूर्यविनायक बस्ने ३० वर्षीय निर बिकार प्रजापतिलाई १ हजार दरका १३ थान नक्कली नेपाली नोटसहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।

सूर्यविनायक नगरपालिका–८ सूर्यविनायकस्थित खाजा पसलमा प्रजापतिको साथमा जाली नोट छ भन्ने सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको थियो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार