कांग्रेस केन्द्रीय कार्यालयकाे सुरक्षा व्यवस्थामा कडाई, बाहिर निकालिए कार्यकर्ता

काठमाडौं । नेपाली कांग्रेसको कार्यसमिति बैठकको पूर्वसन्ध्यामा कार्यलय क्षेत्रको सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । शेखर पक्षले प्रदर्शन गर्ने तयारी गरेकापछि सुरुक्षा व्यवस्था कडा पारिएको हो ।

भ्रातृ संगठनहरूमा भएको मनोनयन र विधानबमोजिम काम नभएको भन्दै शेखर कोइराला पक्षधरले गर्न लागेको प्रदर्शन रोक्न सरकारले सुरक्षाकर्मीलाई ठूलो संख्यामा परिचालन गरेको छ ।

केन्द्रीय सदस्यबाहेक कार्यकर्ता र भित्र छिरेका समर्थकहरूलाई पनि बाहिर निकालिएको छ । निकालिएका कार्यकर्ताहरुले केन्द्रिय कार्यालय बाहिर विरोध प्रर्दशन गरिरहेका छन् । कांग्रेस बैठक अपरान्ह १ बजेबाट बस्दैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार