आबे हत्याबारे अनुसन्धानको प्रारम्भिक रिपोर्ट सार्वजनिक

राजनीतिज्ञहरू ‘अमूक सङ्गठन’सँग जोडिएको कारण गोली हानेको बयान

टोकियो । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या सम्बन्धी प्रारम्भीक अनुसन्धानको रिर्पोट सार्वजनिक भएको । हत्याको आरोप लगाइएका ४१ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले हिरासतमा राखी अनुसन्धान सुरु गरेको जनाएको छ ।

उनले आबेलाई निशाना बनाएको अनुसन्धानकर्ताहरूलाई बताएका जापानको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले राजनीतिज्ञहरू ‘अमूक सङ्गठन’सँग जोडिएको कारण आफूले पूर्व प्रधानमन्त्रीलाई निशाना बनाएको दाबी गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमले यस सङ्गठनलाई धार्मिक भनी वर्णन गरेका छन् । आक्रमणकारी यामागामीकी आमाले पनि उक्त समूहलाई दिएको दानका कारण आफ्नो परिवारलाई आर्थिक समस्या भएको दाबी गरेका छन् ।

रिपोर्टअनुसार उनले आबेलाई अर्कै कार्यक्रममा मार्ने उद्देश्यले बिहीबार ओकायामाको पश्चिमी क्षेत्र गएका थिए । तर उक्त कार्यक्रममा सहभागीहरूले आफ्नो नाम र ठेगाना पेस गर्नुपर्ने भएपछि आफ्नो योजनाबाट उनी पछि हटेको बयान उनले दिएका अनुसन्धान अधिकारीहरूले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार