सरकारका कामकारबाही हेर्दा मूल्यवृद्धि अझै बढ्छ : पूर्व अर्थमन्त्री पाण्डे

काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बाह्य क्षेत्रमा देखिएको दबावलाई व्यवस्थित गर्न गरेका प्रयासले अर्थतन्त्रमा दोहोरो समस्या पर्नसक्ने भन्दै राष्ट्र बैंकलाई सचेत गराएका छन् ।

प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिले आज आयोजना गरेको मौद्रिक नीति सम्बन्धी छलफलमा उनले विदेशी मुद्रा सञ्चितिमा चाप पर्नसक्ने र आर्थिक गतिविधि सिथिल हुने अनुमान गरे ।

उनले भने, ‘बाह्य क्षेत्रका समस्यालाई आधार मानेर जुन नीति लिनु भएको छ, तरलताको माग नै घटाएर समस्या समाधान गर्ने तपाईंहरूको प्रयास छ, यसले आर्थिक गतिविधि, रोजगारी सिथिलता आउँछ, मूल्यवृद्धि झनै बढाउँछ ।’

उक्त चापलाई समाधान गर्ने चालेका कदमले अर्थतन्त्रमा मन्दीको जोखिम रहेको उनले बताए । विदेशी मुद्रा आर्जनको स्रोत सीमित रहेको बताउँदै उनले विदेशी मुद्राको सञ्चिति अझै लम्बिने बताए । भारुसँग स्थिर विनिमयदर भएकाले अहिलेसम्म नेपाली रुपैयाँ धेरै अवमूल्यन नभएको बताउँदै उनले भारु नै कमजोर भए नेपाली मुद्रा झन् समस्यामा पर्ने जोखिम उनले औंल्याए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार