वेस्ट इन्डिजविरुद्ध बंगलादेशको सहज जित

घरेलु टोली वेस्ट इन्डिज पहिले एकदिवसीयमा बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । आइतबार राति वर्षाका कारण खेल ४१ ओभरमा झारिएको खेलमा घरेलु टोलीले दिएको १५० रनको लक्ष्य पछ्याएको बंगलादेशले ३१ ओभर ५ बलमा लक्ष्य पूरा गर्‍यो ।

बंगलादेशका लागि मोहम्मद महमदउल्लाहले अविजित रहँदै सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै नजमुल हुसेन सान्तोले ३७ बनाउँदा कप्तान तमिम ईकवालले ३३ रन जोडे । बलिङतर्फ वेस्ट इन्डिजका गुडाकिसन मोटी, अकिल हुसेन तथा निकोलस पुरनले समान एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४१ ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि सामरन ब्रोक्सले ३३ रनको योगदान गरे । त्यस्तै एन्डरसन फिलिप्सले २१ र कप्तान निकोलस पुरनले १८ रन बनाए ।

बलिङतर्फ बंगलादेशका लागि शोरिफुल इस्लामले चार विकेट लिए । त्यस्तै मेहेदी हसनले ३ तथा मुस्ताफिजुर रहमानले एक विकेट लिए । जितसँगै बंगलादेशलेटोलीले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा १–० को अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो एकदिवसीय जुलाई १३ मा हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार