उदयपुरमा जब अजिङ्गरले जिउँदै बाख्रा खायो

आइतबार दिउँसो चुरे नजिकैको सगरमाथा सामुदायिक वन उपभोक्ता समूहको जंगलमा अजिङ्गर फेला परेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका -५ सुन्दरपुरस्थित सामुदायिक वनमा अजिङ्गर भेटिएको हो । अजिङ्गरले स्थानीय किसान कृष्ण दाहालको बोका खाएको छ । प्रहरीले अजिङ्गरलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको छ ।  अजिङ्गरलाई कोशी टप्पु आरक्षमा लगेर छोडिने डिभिजन वन कार्यालय उदयपुरका रेन्जर पुन्य पौडेलले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार