महाप्रसादलाई जे लाग्यो त्यस्तै मौद्रिक नीति आउँदैन : गर्भनर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैकिङ क्षेत्र र अर्थतन्त्रमा अस्थिरता आउँछ कि भन्ने त्रास रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए ।

‘हामी चुनौतिपूर्ण अवस्थामा छौं, यो बाह्य कारणले निम्तिएको हो । कोरोनापछि रसिया युक्रेन युद्धको प्रभावको मूल्य बढ्यो, इन्धन अभाव देखिएको छ,’ उनले भने, ‘पहिलो अर्थन्त्रलाई ठाउँमा राख्नुपर्छ, स्टेबल हुनुपर्छ अनि मात्रै हामी त्यसभित्र अटाउँछौं । अर्थतन्त्र अस्थिर भयो भने त्यसभित्र काम गर्दा धेरै समस्या आउँछ सक्छ ।’

उनले हाम्रो समस्या उपभोग नै रहेको बताए । अर्थतन्त्रलाई चलायमान बनाउन समान्य उपभोग चाहिने भएपनि त्यसलाई प्रोत्साहन गर्दा चालु खाता र शोधनान्तर घाटा उच्च भएको र जुन सधैं हुन नहुने उनले बताए । यसले यी समस्यालाई व्यवस्थापन गर्दा सबैले आफ्नो ठाउँबाट आउनेसक्ने समस्यालाई सहुनपर्ने उनले बताए ।

‘केही समस्या सहँदा अर्थतन्त्रलाई सही ठाउँमा लैजान सक्छौं भने गाह्रो मान्न हुँदैन, बैंकका ग्राहकको रुपमा निजी क्षेत्र, बैंकर्स आफैं, कतिपय ठाउँमा राज्यको राजस्व घट्न सक्ला त्यसमा सहन सक्नुपर्छ,’ उनले भने, ‘समय र अर्थतन्त्रको माग के हो त्यो अनुसारको नीति आउने हो, गभर्नरको रुपमा महाप्रसादलाई दिमागमा के लाग्छ त्यो पोलिसी आउने अथवा निजी क्षेत्रले मागेको पोलिसी आउँदैन ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार