राप्रपा महिला संघ​को बैठकमा कुटाकुट

महामन्त्रीद्वय कुन्ती शाही र राजेन्द्र गुरुङ लगायतका नेता घाइते

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठकमा कुटाकुट भएको छ । आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा महिला संघको बैठकमा कुटाकुट भएको हो । बैठकमा कुर्सी प्रहार गरिएको छ भने टेबुल तोडफोड गरिएको छ ।

राप्रपा महिला संघको अध्यक्षमा केही दिन अगाडि मात्रै अञ्जना शाह रावललाई नियुक्ती पाएकी थिइन । शाह अध्यक्षमा नियुक्त भएपछि आज बसेको पहिलो बैठकमा असन्तुष्ट पक्ष कुमारी तामाङ लगायतको समुहले विरोध गरेका हुन् ।

बैठकमा विवाद भएपछि दुवै पक्षबीच भनाभन भएको थियो । त्यसपछि हानाहान भएको हो ।हानाहानको क्रममा राप्रपाका​ महामन्त्रीद्वय कुन्ती शाही र राजेन्द्र गुरुङ लगायतका घाइते भएका छन् । ​घाइते केहीको चावहिलस्थित हेल्पिङ हेन्स हस्पिटलमा उपचार भइरहेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार