दक्षिण अफ्रिकाको सोवेटो बारमा गोली चल्दा १४ जनाको मृत्यु

दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनशिपमा आइतबार बिहान भएको गोलीकाण्डमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य नौ घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । सोवेटो ओर्लान्डो टाउनशिपमा आइतबार बिहान सबेरै सो घटना भएको जोहानेसबर्ग र अन्य क्षेत्रहरू समेट्ने गौतेङ प्रान्तका प्रहरी आयुक्त इलियास मावेलाले जानकारी दिएका हुन् । आक्रमणकारीहरूले बारमा प्रवेश गरी स्थानीय समय अनुसार बिहान १२:३० बजे अन्धाधुन्ध गोली चलाएका थिए ।  उनले १२ जनाको घटनास्थलमै र दुई जनाको उपचारकाक्रममा मृत्यु भएको बताएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको पनि उनले बताएका छन् । प्रहरीका अनुसार घाइतेहरुको उमेर १९ देखि ३५ वर्ष रहेको अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान जारी छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार