अर्थतन्त्र ठप्प अवस्थामा छ : शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तरलता अभावले ऋण प्रवाह नहुँदा अर्थतन्त्र ठप्प अवस्थामा रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छालेले ब्याज दर निक्कै कमबाट माथि पुगेको भन्दै धान्न नसक्ने खालको भएको बताए। छ महिनामा ब्याज दर दोब्बर भएको भन्दै यसमा बेलैमा हस्तक्षेप भएको भए अवस्था यस्तरी नबिग्रने उनको दाबी छ ।

शोधनान्तर घाटा उच्च भएको भन्दै त्यसलाई सुधार गर्नु पर्ने बताए। भएको पुँजीलाई परिचालन गर्न केन्द्रीय बैंक अग्रसर हुनु पर्नु उनको धारणा छ। उनले  बैंकहरूले कायम गर्नु पर्ने तरलता अनुपात घटाउन सुझाब दिए । सेयर लगानीकर्ताले धेरै गुमाईसकेको बताउँदै उनीहरूलाई राहत पुग्ने नीति लिन आग्रह गरेका छन्।

उनले पछिल्लो केही समयमा ब्याजदर धेरै माथि गएकाले नेपाल राष्ट्र बैंकले बेलैमा विचार गर्नुपर्ने बताएका हुन्। उनले भने, ‘सुरुमा बेस रेट तोकेर ऋण दिए पनि भए पनि अहिले ऋण नै नपाउने समस्या रहेको छ । बस्तु आयातमा शतप्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्थाले बजारमा बस्तुको महँगी वृद्धि भएको र बैंकले मार्जिन राखेको पैसाको व्याज नदिने भएकाले बैंक मात्रै मोटाएका छन् ।’

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार