५२ अर्बले बढ्यो बैंकहरुको निक्षेप

सरकारी खर्च बढ्दा बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार एकसातामा नै बैंकहरुको निक्षेप ५२ अर्बभन्दा बढीले बढेको छ ।

बैंकहरुसँग असार १५ सम्ममा ४४ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप थियो । असार २२ गतेसम्म ४४ खर्ब ७० अर्बमा पुगेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप ५० खर्ब ६१ अर्ब छ । अहिले विकास बैंक र फाइनान्स कम्पनीसँग ५ खर्ब ९२ अर्ब निक्षेप रहेको छ ।

बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ३ अर्ब कर्जा दिएका छन् । जसमा वाणिज्य बैंकले मात्र ४१ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा दिएका छन् । बैंकहरुले अहिले नयाँ कर्जा नदिएको कारण कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ८८.०६ प्रतिशतमा आएको छ ।

असार मसान्तसम्म बैंकहरुले सीडी रेसियो ९० प्रतिशतभन्दा तल ल्याउनुपर्छ । अहिले आधा दर्जन वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार