प्रतिनिधिसभाबाट जिजीजीसँगको सम्झौता स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकले ‘ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट’ (जिजीजी) को सहभागितामूलक सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्झौतालाई स्वीकृत गरेको छ । बैठकमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले सो सम्झौता स्वीकृतिका लागि गर्नुभएको प्रस्तावमा सामान्य छलफलपछि निर्णयार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले स्वीकृत भएको हो ।

छलफलमा उठेका विषयमाथि जवाफ दिँदै मन्त्री यादवले उक्त सम्झौताले वातावरण र विकासमा सन्तुलन कायम गर्न तथा दिगो विकासका लक्ष्यहरू पूरा गराउन सहयोग गर्नाका साथै जलवायु परिवर्तन र गरिबी न्यूनीकरणका लागि सघाउने बताए । प्रतिनिधिसभाको अर्को बैठक यही असार २० गते सोमबार दिउँसो १ बजे बस्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार