सर्वोच्चको आदेशले सडक विस्तार रोकियो : रामकुमारी झाँक्री

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतको आदेशका कारण सडक विस्तारका काम रोकिएको बताएकी छिन् ।

आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री झाँक्रीले सडक विस्तारको काम सर्वोच्च अदालतको आदेशका कारण रोकिएको बताएकी हुन् ।

मन्त्री झाँक्रीले सबै मन्त्रालयसँग छलफल गरेर शहरभित्र र बाहिरको सडक बिस्तारको योजना मन्त्रालयले बनाएको बताइन। उनले कुन ठाउँमा इकोनोमिक जोइनिङहरु बनाउने ? कहाँ फाइनान्सियल हब बनाउने भन्ने कुराको योजना बनाएर अघि बढ्नुपर्ने बताइन् ।

मन्त्री झाँक्रीले बागमती, विष्णुमती जस्ता काठमाडौंका नदीमा जलचरको जीवन नै नरहेको भन्दै यसलाई व्यवस्थित र सफा गर्नुपर्ने बताईन् । उनले जनता आवासमार्फत संघीय सरकारले जनतासँग गरेका प्रतिवद्धता पूरा गर्न सरकार प्रतिवद्ध रहेको पनि बताइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार