दिलमाया सुनार मृत्यु प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन

आफ्नै डेरामा मृत भेटिएकी गायिका दिलमाया सुनारको मृत्युको घटनाको निष्पक्ष छानबिन गर्न लोकदोहोरी कलाकारहरुले माग गरेका छन् । उनीहरुले सुनारको मृत्युलाई लिएर थप रहस्य बाहिर आएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै बालाजु प्रहरी वृत्तमा दबाब दिएका छन् ।

मृतक सुनारको परिवारले प्रहरीमा जाहेरी दिने तयारी छ । बालाजु वृत्तका डीएसपी गौतम मिश्रले जाहेरीपछि अनुसन्धान अघि बढ्ने बताए ।दिलमायाका परिवार सुर्खेतबाट आजै काठमाडौंमा आइपुगेका छन् । दिलमाया सुर्खेत प्रतिष्ठानकी सदस्य समेत हुन् ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका उपमहासचिव शिव हमालले घटनाबारे निष्पक्ष र सत्यतथ्य अनुसन्धान हुनुपर्ने आफूहरुको माग रहेको बताए । झण्डै डेढ सय लोकदोहोरी कलाकार अहिले बालाजु चौकीमा भेला भएका छन् ।

शुक्रबार राति १ बजे २० मिनेटमा दिलमायाको फेसबुकबाट सुसाइड नोटजस्तो लाग्ने स्टाटस पोस्ट भएको थियो । शनिबार बिहान पौने ११ बजे उनी कोठामै मृत भेटिएकी थिइन् ।प्रहरीले दिलमायाका प्रेमी भनिएका सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार