सरकारले खेल क्षेत्रको बन्ध्याकरण गर्दैछ : गोकुल बास्कोटा

नेकपा एमालेका प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले नेपाल सरकारले क्रिकेटसहित सम्पूर्ण खेलको जिम्मा भारतको एउटा कम्पनीको हातमा सुम्पिएका कारण खेल क्षेत्र अगाडि बढ् नसकेको आरोप लगाए ।

सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सरकारले क्रिकेटसहित पूरै खेल क्षेत्र भारतको ‘सेभेन ३ स्पोर्ट्स कम्पनी’लाई दिएर बन्ध्याकरण गरेको बताए।

‘सरकारले सम्पूर्ण खेल क्षेत्रलाई भारतको सेभेन ३ स्पोर्टस प्राइभेट लिमिटेडलाई हातमा सुम्पियो, खेल क्षेत्रको बन्ध्याकरण गर्यो । त्यो पनि ८ वर्षका लागि,’ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार