बामदेवको प्रस्ताव– ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गरौँ’

‘राष्ट्रपति, मुख्यमन्त्रीलगायत पदमा स्वतन्त्र उम्मेदवारी दिन पाउनुपर्छ'

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपालको संविधानमा आवश्यक संशोधन गर्न प्रस्ताव गरेका छन्। नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गर्दै जारी गरेको राजनीतिक प्रतिवेदनमा संविधान संशोधन गर्न प्रस्ताव गरेका हुन्।

हाल नेता गौतम नेकपा एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्रलगायतका कम्युनिष्ट पार्टीहरू एक हुनुपर्छ भन्ने मान्यता राख्दै आएका छन्।

उनले प्रधानमन्त्रीका ठाउँमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको शासकीय स्वरुप अवलम्बन गर्नदेखि पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्न प्रस्ताव गरेका छन्। राष्ट्रपति, मुख्यमन्त्री र पालिका अध्यक्ष पदमा मात्र स्वतन्त्र उम्मेदवारी दिन पाउने व्यवस्था गर्न माग गरेका छन्।

शनिबार गौतमले आफूले तत्काली नेकपा विभाजन हुन नदिन सक्दो प्रयास गर्न नसकेकोमा पछुतो मानेको बताएका थिए।शनिबार नेकपा एकता राष्ट्रिय अभियानको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘एउटा अध्यक्ष प्रधानमन्त्रीको विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने अर्कोले त्यसको बदलामा संसद् नै विघटन गर्ने काम गर्न हुँदैनथ्यो।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार