लागुऔषध दुर्व्यसनीमा युवा पुस्ताहरु फस्दै छन् : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले नेपालमा लागुपदार्थ दुर्व्यसनी चुनौतीको रूपमा देखिएको बताएका छन् । आइतबार काठमाडौँमा भएको लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसरारविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले यस्तो बताएका हुन् ।

उनले युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्ने कुरा सरकार र समाज सबैको दायित्व भएको पनि बताए । गृहमन्त्री खाणले लागुऔषध दुर्व्यसनीलाई कम गर्न सरकार संवेदनशील रहेको बताए।

उनले लागुपदार्थको दुर्व्यसनका कारणले समाजलाई गम्भीर असर पारेको पनि बताए । मन्त्री खाणले लागुऔषधको गम्भीर असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको बताए ।

‘लागुपदार्थ चुनौतीको रूपमा अघि बढेको छ । लागुपदार्थको दुर्व्यसनको कारणले समाजलाई गम्भीर असर पारेको छ । आज सबैभन्दा बढी प्रभाग युवा पुस्तामा परिरहेको छ । हाम्रो युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्ने हामी सबैको दायित्व हो । सरकार यो संवेदनशील विषयमा आफ्ना नागरिकको रक्षा र युवा पुस्ताको सुन्दर भविष्य बचाउन प्रतिवद्ध छ’ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार