अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ७ जना घाइते, दुईको अवस्था गम्भिर

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीमा आइतबार बिहान बोलेरो जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

सन्धिखर्क नगरपालिका–९ अर्घाबाट सन्धिखर्क आउँदै गरेको लु१ज ४५३८ नम्वरको बोलेरो जीप चुत्राबेसीको जनज्योति मावि नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ । दुर्घटनामा परि अर्घाखाँची सन्धिखर्क ९ अर्घाका २८ बर्षिय सुरज खनाल, उनको श्रीमती २३ वर्षीया रिता खनाल, उनको ४ वर्षीय छोरा सुक्रिम खनाल, सोही ठाउँका ३३ वर्षीय सावित्री खनाल, १८ वर्षीय विजय खत्री, जिप चालक ४२ वर्षीय ठक बहादुर खत्री र ६६ वर्षीया सीता खत्री घाईते भएका छन् । घाईते मध्ये चालक ठक बहादुर खत्री र सीता खत्रीको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।

उनीहरू सबैलाई अहिले जिल्ला अस्पताल सन्धिखर्कमा लगीएको छ । सडक बाट पल्टिएको जिप भिरमा रूखमा अड्किएर ठूलो क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी निरिक्षक रामनारायण गुप्ताले जानकारी दिए । दुर्घटना भएको जानकारी पाउने बित्तिकै स्थानियवासी, नेपाल प्रहरी, नेपाली सेना घटनास्थलमा पुगेर घाईतेहरूको उद्दार गरि जिल्ला अस्पताल पठाउने काम गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार