चितवनमा बसको ठक्करबाट सहचालकको मृत्यु

चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको मौवाखोला नजिकै आज बिहान बसले ठक्कर दिंदा एकजना सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी झुम्का बस्ने २३ वर्षका जनक दाहाल रहेका छन् ।

काठमाण्डौबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको बसको ठक्करबाट सोही बसका सहचालकको मृत्यु भएको हो ।दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव पोष्टमार्टमको लागि भरतपुरस्थित सरकारी अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ । बस र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार