आँबुखैरेनी पहिरो : एक जनाको शव भेटियो

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडक भासिएको ठाउँमा एउटा शव फेला परेको छ। अविरल वर्षापछि गए राति करिब ३ बजेतिर यहाँ सडक भासिएको थियो। एउटा कार र मोटरसाइकल पहिरोमा परेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक भने सकुशल छन्। आँबुखैरेनी खैरेनी गाउँपालिका–४ मर्स्याङ्दी जलविद्युत केन्द्रको ड्याम नजिक राजमार्गको तलबाट पहिरो खसेकोले दुईतर्फी यातायात अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । कार भने मर्स्याङ्दी नदीमा पुगेको थियो।घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार