चेक रिपब्लिकमाथि पोर्चुगलको सहज जित

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले सहज जित निकालेको छ ।समूह चरण अन्तर्गत बिहीबार राति पोर्चुगलले चेक रिपब्लिकलाई २-० गोल अन्तरले हराएको हो ।

पोर्चुगलको जितमा जोआ कान्सेलो र गोन्कालो गुएडेसले एक एक गोल गरे ।खेलको ३३ औं मिनेटमा कान्सेलोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ३८ औं मिनेटमा गुएडेसले गोल गर्दै पोर्चुगललाई २-० को जित दिलाए ।

यस जितसँगै लिग ए समूह २ को पोर्चुगलले ३ खेलमा ७ अंक जोडेको छ ।पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको छ । चेक ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार