क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ

क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका–२० स्थायी ईर भई हाल काठमाडौं महानगरपालिका १० बस्‍दै आएका ३६ वर्षीय उत्सव दाहाल रहेका छन् ।

उनलाई बिहीबार बालाजुको माछापोखरीबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।उनले अजय वाइवालाई वैदेशिक रोजगारकोलागि क्रोएसिया पठाइदिन्छु भनी २ लाख रकम ठगी गरेको प्रहरीको दाबी छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार