बलात्कार आरोपी तीन नाबालकलाई सुधारगृह पठाइयो

जिल्ला प्रहरी कार्यालय सप्तरीले सामूहिक बलात्कार घटनाका आरोपित तीन नाबालकलाई बिहीबार बालसुधार गृह पठाइएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले उनीहरूलाई बालसुधार गृह वीरगञ्ज पठाएको हो । शम्भुनाथ मेला घुमाउन लगेर बलात्कार गरेको आरोपमा शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय सुरेश भनिने सुरैतलाल राम भने पुर्पक्षका लागि राजविराज कारागारको थुनामा पुगेका छन् । घटनाका मुख्य आरोपित २० वर्षीय दिपक सरदार भने फरार छन्।

पूर्व–पश्चिम राजमार्गको दक्षिण शम्भुनाथ नगरपालिका–३ स्थित प्रसिद्ध शम्भुनाथ मन्दिरमा लाग्ने मेला घुम्न गएकी १७ वर्षीया बालिकालाई २ जेठमा आरोपित पाँचजनाले सामूहिक बलात्कार गरेको पीडितको आरोप रहेको छ।

पीडितका अनुसार आरोपितहरूले शम्भुनाथ मन्दिरदेखि सय मिटर पूर्व–दक्षिणतर्फ पानी ट्यांकी छेउमा लगेर सामूहिक बलात्कार गरेका हुन् । घटनाबारे घरपरिवारमा जानकारी गराएपछि पीडितका हजुरबुवाले घटनाकै दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार