कुनै पनि हालतमा राजसंस्था पुन:स्थापन हुँदैन – कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजसंस्था आफ्नै कारण समाप्त भएको बताएका छन् ।

बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले राजसंस्थालाई मर्यादित र सबैको साझा बन्नको लागि लिखित रुपमा पत्र लेखेको पनि बताए । कुनै सुनुवाइ नभए पनि राजसंस्थाको एजेन्डा छाडेको उनको भनाइ थियो । थापाले राजसंस्था सबैको अभिभावन बन्न नसक्दा समाप्त भएको बताए । थापाले निर्मल निवासले दलहरू माथि अनावश्यक हस्तक्षेप गर्न थालेपछि आफूले रोक्न माग गरेको जिकिर गरे ।

अब कुनै पनि हालतमा राजसंस्था नफर्किने ठोकुवा उनको छ। अध्यक्ष थापाले असम्भव एजेन्डा बोकेर जाँदा हिन्दु राष्ट्र लगायतका एजेन्डा ओझेलमा पर्ने भएकाले आफूले भारी मनले राजतन्त्रको एजेन्डालाई परित्याग गरेको पनि बताए । पार्टीले अहिले लोकतन्त्र, राष्ट्रियता र हिन्दु राष्ट्रलाई मुख्य एजेन्डा बनाएको उनले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार