गुल्मीमा जेसीबीले फालेको ढुंगाले लागेर एक बालकको मृत्यु

गुल्मीमा जेसीबीले फालेको ढुंगाले लागेर एक बालकको मृत्यु भएको छ । बिहीबार बिहान गुल्मीको मुसिकोट नगरपालिका ३ मा सडक मर्मतका क्रममा जेसीबीले ढुंगा पन्छाउने क्रममा खसेको ढुंगाले लागेर स्कुल जाँदै गरेका एक बालकको ज्यान गएको हो ।

मृत्यु हुनेमा मुसिकोट– २ अर्मझा निवासी १४ वर्षीय बालक गगन रायमाझी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ढुंगाले लागेर गम्भीर घाइते बालकलाई थप उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइएको थियो । लगत्तै अस्पतालले मृत घोषणा गरेको थियो ।

जेसीवीका चालक बोमबहादुर रानाभाट घटनालगत्तै फरार भएका छन् । जेसीबी मालिकलाई भने प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार