अछाम घटना : पोष्टमार्टमपछि आफन्तले शव बुझे

१३ जनाविरुद्ध किटानी जाहेरी

अछामको पञ्चदेवल विनायक नगरपालिका ४ मा मृत भेटिएका किशोर विनोद शाहीको शव पोष्टमार्टमपछि आफन्तले बुझेका छन्।पीडित पक्षले १३ जनाको नाममा किटानी गरेको जाहेरी प्रहरीले दर्ता गरेपछि पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।

शव भेटिएको ६ दिनपछि उनको पोष्टमार्टम भएकोमा बिहीबार उनका आफन्तले शव बुझेका हुन्। जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंहका अनुसार किटानी जाहेरी दर्ता गरेपछि आफन्तले शव बुझेका हुन्। नवनिर्वाचित जनप्रतिनिधि लगायतको नाममा किटानी जाहेरी दर्ता भएको उनले बताए।

यस्तै, घटना अनुसन्धानको निष्कर्षतिर पुगेको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए। उनले अबको हप्ता दिनभित्र अनुसन्धानको अन्तिम नतिजा आउने दाबीसमेत गरे।

अहिलेसम्म प्रहरीले ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताएको छ। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले घटनास्थलमै बसेर अनुसन्धान गरिरहेको छ।राजनीतिक विवादका कारण कांग्रेस कार्यकर्ताले विनोदको हत्या गरेको आरोप नेकपा एमालेले लगाउँदै आएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार