त्रिपाठीको प्रश्न- मधेसीलाई हेर्नेवित्तिकै गोली हान्ने प्रवृत्ति कहिले अन्त्य हुने हो ?

प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले बर्दियामा बाघबाट बचाउन माग गर्नेलाई गोली हानेर मारिएको भन्दै प्रहरी प्रशासनको आलोचना गरेका छन् ।आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै त्रिपाठीले थारु र मधेसीमाथि प्रहरीले ज्यादती गरेको आरोप लगाए ।

उनले भने, ‘बर्दियामा बाघबाट बचाउन आग्रह गर्दा पुलिस रुपी राक्षसबाट बर्दियामा मृत्यु भयो । थारु र मधेसीलाई हेर्नेवित्तिकै गोली हान्ने प्रवृत्ति कहिले अन्त्य हुने हो ?’

लाल आयोगको प्रतिवेदनमा यथार्थमा पुलिसले गरेको ज्यादतीको फेहरिस्त भएकाले सरकारले त्यसलाई सार्वजनिक नगरेको जिकीरसमेत गरे ।भ्रष्टाचारको काममा घुमुवा प्रहरीले विचौलिया र दलालको काम गरेको भन्दै उनले घुमुवा भनेर गाउँगाउँमा पठाउने काम बन्द गर्न नेपाली प्रहरीको नेतृत्वलाई सुझाव दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार