मल आपूर्ति र फोहर व्यवस्थापन गर्न सांसदद्वारा ध्यानाकर्षण

प्रतिनिधिसभा सदस्यहरुले मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । लफलमा विषेष समय लिएर सांसद हृदयेश त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा पनि सरकारले ध्यान दिन नसकेको आरोप लगाए । उनले यस्तै अवस्था रहेमा यसपाली धानको उत्पादनसमेत घटने छ भने। सांसद त्रिपाठीले प्रहरीका घुमुवाले विचौलिकाको काम गरिरहेको पनि जिकिर गरे ।

सांसद कृष्णबहादुर राईले काठमाडौँ उपत्यकको फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए। अर्का सांंसद गणेशसिंह ठगुन्नाले दार्चुलामा बुधबार एकल महिलालाई आगो लगाएर मारिएको छ भन्दै त्यस घटनाका दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार