बाढीका कारण बागलुङको नरेठाँटी बजार उच्च जोखिममा

बागलुङको गलकोटमा बाढी आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको छ। गलकोट नगरपालिका वडा नम्बर २ नकटेखोलामा बाढी आउँदा नरेठाँटी बजारका ३५ घर उच्च जोखिममा परेका हुन् ।

नरेठाँटीका वडा अध्यक्ष हिमबहादुर भण्डारीका अनुसार बिहीबार साँझदेखि रातभर परेको भीषण वर्षाका कारण जसपुरबाट झरेको पहिरो नकटेखोलमा आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको छन् ।

बाढीको त्रासले स्थानीय रातभर जाग्राम बसेका छन्। नकटेखोलाको कटानले तटिय क्षेत्रका घरहरु समेत जोखिममा परेको उनले बताए।

घर डुवानमा परेपछि दुई घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। बाढीले महेन्द्र माविको खेल मैदान पुरिएको र विद्यालय समेत जोखिममा परेको उनले बताए। रातभर स्थानीय र मेसिनको प्रयोग गरि बाढी तर्काउने कोसिस गरेको उनको भनाइ छ। अध्यक्ष भण्डारीले रातभर मेसिन लगाएर बाढी नतर्काएको भए बजारनै डुवानमा पर्ने खतरा रहेको बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार