पोखराबाट काठमाडौंका लागि उडेको जहाज जनकपुर पुग्यो

पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेको छ । काठमाडौंको मौसम खराब भएपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एअरले जनाएको छ ।दिउँसो साढे १ बजे बुद्ध एयरको जहाज काठमाडौं तर्फ उडेको थियो । मौसम खराब भएकै कारण अवतरणमा समस्या भएको बुद्ध एअर पोखराले जनाएको छ ।

यसअघिदिल्लीबाट काठमाण्डौँ आएका दुई वटा जहाज भिजिविलिटी कम भएकाले अवतरण हुन नसकेपछि लखनऊ नै डाइभर्ट भएका थिए । ​भिस्तारा एअर र इन्डिगो एअरलाइन्सका जहाज अवतरण हुन नसकेपछि डाइभर्ट भएका विमानस्थल कार्यालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार