चितवनमा जन्ती बोकेको बस दुर्घटना

चितवनको रत्ननगरमा बुधबार दिउँसो जन्ती बोकेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।दुर्घटनामा घाइते भएकाहरूको स्थानीय अस्पताल र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

रत्ननगर नगरपालिका–२ सब्जीमण्डीस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिहर मन्दिरबाट जन्ती बोकेर खैरहनी जाँदै गरेको ना ५ ख ६४३ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । ब

स अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बसमा ३० जना सवार थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार