काठमाडौंको टुकुचा खोलाले चालकसहित मोटरसाइकल बगायो

काठमाडौंको लाजिम्पाटस्थित निल सरस्वतीस्थान नजिकबाट टुकुचा खोलाले चालकसहित मोटरसाइकल बगाएको छ । वर्षाका कारण बहाव बढ्दा बागमती प्रदेश–०२–०१३ प २५८८ नम्बरको मोटरसाइकल चालकसहित बगाएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक सुरज अर्याललाई सकुशल उद्दार गरिएको छ । बगाएको मोटरसाइकल फेला नपरेको एसपी मैनालीले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार