मौसम बिग्रिएपछि दिल्लीबाट आएका दुई जहाज डाइभर्ट

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको मौसम बिग्रिएपछि भारतको राजधानी नयाँ दिल्लीबाट आएका दुई जहाज डाइभर्ट गर्नु परेको छ ।

नयाँ दिल्लीबाट आएको भिस्तारा एयरको जहाज लखनउ डाइभर्ट भएको भिस्ताराले सामाजिक सञ्जालबाट अपडेट गरेको छ । दिल्लीबाटै आएको इण्डिगो एयरको जहाज नयाँ दिल्लीमै डाइभर्ट भएको छ ।

बुधबार साँझ अकस्मात मुसलधारे वर्षा भएपछि काठमाडौंको मौसम बिग्रिएको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार